काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलाको समापन भएको छ । मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरुले बताएका छन् । महाशिवरात्रिको अन्तिम दिन शिवरात्रिको दिन मात्रै करिब डेढ करोडले गंगामा स्नान गरेका थिए ।
गत पुस २९ गतेदेखि शुरु भएको मेला ४५ दिन चलेको थियो । ६६ करोड २१ लाखभन्दा बढीले गंगामा स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
शिवरात्रिको दिन भारतीय वायुसेनाले श्रद्धालुहरुमाथि पुष्पवृष्टि गर्दै एयर शो प्रदर्शन गरेको थियो ।






















