साताको अन्तिम दिन २८ सय अंकमाथी पुगेर बन्द भयो नेप्से, लगानीकर्तामा उत्साह

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारले २८ सय अंक नाघेको छ । आज नेप्से ४९ दशमलव १५ अंक बढेर २८१५ मा कायम भएको छ । आज परिसुचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोडको भएको हो । १८६ कम्पनीको मूल्य बढ्दा ५२ को घट्यो भने ६ को स्थिर नै रहेको छ ।

सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ सेक्टर सबैभन्दा धेरै ३ दशमलव३२ प्रतिशत बढेको छ । मुख्यतः राष्ट्र बैंकको मौद्रिक नीति समीक्षा अनुसार असल वर्गमा बैंकहरूले छुट्याउनुपर्ने ‘लोनलस प्रोभिजन’ दर १।१० बाट १ प्रतिशतमा झारेपछि त्यसको सकारात्मक प्रभाव देखिएको हो । यसले बैंकहरुले आगामी वित्तीय विवरणमा नाफा बढ्ने अनुमान गरिएको छ । बैंकिङ पछि उत्पादन सेक्टर २ दशमलव९१ प्रतिशत बढको छ । त्यस्तै व्यापार १दशमलव२०, अन्य १दशमलव०१, निर्जीवन बीमा ०दशमलव७०, माइक्रोफाइनान्स ०दशमलव ९१, जीवन बीमा ०दशमलव८१, लगानी १दशमलव२५, हाइड्रोपावर १दशमलव८०, होटल तथा पर्यटन १दशमलव१२, फाइनान्स ०दशमलव २८ र विकास बैंक समूह १दशमलव५३ प्रतिशत बढे ।

चार कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै लिबर्टी इनर्जीको मूल्य ९दशमलव९६, गुराँस लघुवित्तको ९दशमलव२४, बोटलर्स नेपाल बालाजुको ८दशमलव९९ प्रतिशत मूल्य बढ्यो ।

यता भूगोल इनर्जीको ७दशमलव१७ तथा उपकार लघुवित्तको ६दशमलव२५ प्रतिशत मूल्य घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here