अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग चर्काचर्कि भएपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत पुगेका छन् ।
ह्वाइटहाउसले निकालेकाे जेलेन्स्कीलाई बेलायतका बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले भने राम्रो स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकाबाट निरास भएर फर्केका उनले बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँगकाे भेट लाभदायक भएको छ। बीबीसीका अनुसार भेटवार्तापछि युक्रेनलाई २.२६ अर्ब पाउण्डको सैन्य सहायता गराउने सम्झौता समेत भएको छ ।
डाउनिङ स्ट्रिटमा भएको भेटवार्ताका क्रममा स्टार्मरले युक्रेनलाई युनाइटेड किङ्गडमभरिबाट पूर्ण समर्थन रहेको बताएका थिए । अनि जेलेन्स्कीले युक्रेनका यस्ता असल साथीहरु पनि रहेको भन्दै आफूहरु निकै खुसी भएको बताएका थिए ।
भेटवार्तापछि सैन्य सहायता सम्बन्धी सम्झौता भएको थियो । जसमा बेलायतले युक्रेनलाई २.२६ अर्ब पाउण्ड बराबरको सैन्य सहायता उपलब्ध गराउने र यो रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिबाट भुक्तानी हुने बीबीसीले जनाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रुसी सम्पत्तिमा रोक्का गरेको थियो ।