पाथीभरामा केबलकार निर्माण कार्य अघि बढाउन एमालेले छलफल थाल्ने

काठमाडौं । नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणबारे छलफल गर्ने भएको छ । केबलकार निर्माण प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने आइतबार बसेको पार्टी सचिवालय बैठकले निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलले केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग विवाद समाधान गर्ने बारे कुरा भएको बताए ।

महासचिव पोखरेलले भने, ‘केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन सरोकावालासँग छलफल गर्न पार्टीले चासो राखेको छ । त्यही कुरामा भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने छौ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here