गाेरखामा माइक्रो दुर्घटनामा एककाे मृत्यु, १४ घाइते

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका-३ मा माइक्रोबस दुर्घटना
मा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ ।

आज बिहान करिव ११:३० बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा चितवन खैरहनी गाउँपालिका-२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जीकाे मृत्युु भएको हाे ।

दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका-२ कै रहेको प्रहरीले जनाएको छ । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस दुर्घटना भएको थियाे ।

घाइते हुनेहरूमा ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गिता परियार, २६ वर्षीय सुमित चौधरी, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले छन् ।

३५ वर्षीया प्रमिला राना, ४३ वर्षीय विमला परियार, ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीय अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेका छन् ।