काराेबार सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ । कारोबार सुरु भएको ४ मिनेटा २९२९ अंकसम्म पुगेकोमा बजार १३.६१ अंक घटेको हाे । सो गिरावटपछि नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ ।
बजार घटेपनि कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब २८ करोडको भएकाे नेप्सेले जानकारी दिएकाे छ।
आज ५१ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ६ को स्थिर रहेकाे
छ। बैंकिङ १.३५, विकास बैंक ०.८४, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.८८, हाइड्रोपावर १.२१, लगानी ०.२४, व्यापार ०.८४ तथा माइक्रोफाइनान्स ०.८८ प्रतिशत घटेका छन्। यता अन्य १.६८, निर्जीवन बीमा ०.४६, उत्पादन ०.२५, जीवन बीमा ०.७७ प्रतिशत बढे ।
साेमबार गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । यता समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । उपकार लघुवित्तको ७.२४, बाराही हाइड्रोपावरको ६.७७, सपोर्ट माइक्रोफाइनान्सको ६.६० र भूगोल इनर्जीको ६.४२ प्रतिशत मूल्य घट्यो ।
यस दिन हिमालयन रिइन्स्योरेन्सको मात्रै १ अर्ब ३८ करोडको कारोबार भयो ।























