जेलेन्स्कीले फेरि छलफल गर्न तयार भएको भन्दै ट्रम्पलाई पठाए पत्र

काठमाडौं । अ‍मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफुलाई पत्र पठाएको बताएका छन् । जेलेन्स्कीले पुनः छलफलमा बस्न तयार रहेको जानकारी सहित पत्र पठाएको हाे।

बुधबार युएस कंग्रेसलाई सम्बोधन गर्दै ट्र्म्पले जेलेन्स्की पुनः छलफल गर्न तयार रहेको ब्यहोराको पत्रबारे केही अघिमात्रै आफूले जानकारी पाएको बताएका हुन्।

जेलेन्स्की युक्रेनको सुरक्षा र खनिज सम्झौता विषयमा जुनसुकै बेला पनि गर्न तयार रहेको र युक्रेनमा युक्रेनीहरू शान्तिमात्र चाहने पत्रमा उल्लेख गरिएको छ । त्यसैले सक्दो चाँडो फेरि छलफलमा बस्न तयार छु भनेर जेलेन्स्कीले पत्राचार गरेका छन्, ट्रम्पले कंग्रेसमा भने।

पत्रमा जेलेन्स्कीले युक्रेनको सार्वभौम सत्ता र स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकाले गरेको सहयोगको प्रंशसा गरेको पनि ट्रम्पले बताए ।

गत शुक्रबार खनिज सम्झौता गर्न वाशिङ्टन पुगेका जेलेन्स्की ट्रम्प, उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की परेपछि निकालिएका थिए । त्यसको ७२ घन्टापछि ट्रम्पले युक्रेनमा सैन्य सहायतामा अस्थायी रोक लगाएपछी सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै युद्ध अन्त्य गर्न छिटो काम गर्न तयार रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here