बालेनकाे पुर्ख्यौली घरमा पुगेर प्रचण्डले भने ‘मिलेर देश बनाउनुपर्छ’

बर्दिवास । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका बालेन शाहको पुर्ख्यौली घरमा समेत पुगेका छन् ।

बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए । नेताहरु तराई मधेश जागरण अभियानको क्रममा महोत्तरीको एकडारा गाउँपालिकाले भाडामा लिएको बालेन शाहको पुर्ख्यौली घरमा स्वागत कार्यक्रम राखेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालेन शाहको पुर्ख्यौली घरमा पुग्दा रमाइलो महसुस भएकाे बताए । प्रचण्डले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’

समावेशी, समानुपातिक जस्ता उपलब्धि हासिल गर्न नेकपा माओवादी केन्द्रकै भूमिका रहेको भन्दै प्रचण्डले एकथरि मानिस ती उपलब्धि उल्ट्याउने प्रयासमा रहेको आरोप समेत लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here