श्यामकुमार घिमिरेले भने ‘कुलमान घिसिङलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिनुपर्ने’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कुलमान घिसिङलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिनुपर्ने अभिव्यक्ति दिएका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई दलहरूको अध्यक्ष बनाइदिनुपर्ने बताएका हुन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रसहित सबै प्रतिपक्षी दलका सांसदहरू उठेर घिसिङमाथि पटकपटक स्पष्टीकरण माग्ने तथा कार्यसम्पादनमा शून्य नम्बर दिएकोबारे सरकारको जबाफ मागेका थिए।

त्यहि बिषयमा बाेल्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले घिसिङलाई देवत्वकरण गर्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिएपछि ढुक्क हुने अभिव्यक्ति उनले दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here