गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु

काठमाडौं । उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क सडकखण्डमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। सडकको छेउमा उभिएका दिदीबहिनीको गाडीको ठक्करबाट सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको हो ।

बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा र देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालक त्रियुगा नगरपालिका ९ गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here