काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड विमानबाट काठमाडौं फर्कदै छन्।
पूर्वराजा शाह समिट एअरको चार्टर्ड विमानबाट पोखराको पुरानो विमानस्थल हुँदै काठमाडौं आउन लागेको हुन्।
उनी भैरहवाबाट पोखरा पनि सोही विमान चार्टर्ड गरेर गएका थिए।
पूर्वराजा शाह दिउँसो साढे २ बजे काठमाडौं आउने कार्यक्रम छ। उनलाई स्वागत गर्न राजावादीहरू जाने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ।