काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछनेको सांसद पद निलम्बन हुनुलाई अनुचित भनेका छन् ।
मङ्गलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले रवी लामिछानेलाई अनुचित ढंगले निलम्बन गरिएकोमा आपत्ति जनाएका हुन्। ‘लोकतन्त्रप्रति जनाआस्थामा पारेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस्,’ प्रचण्डले भने ।























