क्यानले सार्वजनिक गर्याे खेलाडीहरुकाे नयाँ ग्रेडिङ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।

ग्रेड एमा कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् ।

त्यस्तै ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्सन झा, ललितनारायण राजवंशी र अनिल साह छन् । त्यसैगरी ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् ।

ग्रेड डी मा रिजन ढकाल,सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ,देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।

ग्रेड ए का खेलाडीहरूले १ लाख रुपैयाँ तलब पाउनेछन् । ग्रेड बीले ७० हजार, ग्रेड सीलाई ५५ हजार, डीलाई ३५ हजार र इमिर्जिङ क्याटगोरीका खेलाडीहरुले मासिक २५ हजार तलब पाउनेछन्। ग्रेडिङ अंग्रेजी वर्षको सुरुको ६ महिनाका लागि लागु हुने क्यानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here