धेरैपछि काठमाडौंमा मध्यम वर्षा, प्रदूषणबाट मिल्ला राहत ?

काठमाडौं । काठमाडौं उपत्यकामा धेरै पछि मध्यम खालको वर्षा भएको छ । काठमाडौं उपत्यकामा मेघजर्गनसहित मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति बागमती प्रदेशसहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ ।

ती स्थानमा मेघगर्जनसहित चट्याङ्गसहित वर्षाको सम्भावना छ । मौसमविदहरूका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडीबाट पनि हल्का खालको जलवाष्पयुक्त वायु नेपाल भित्रिएको छ । त्यसैको प्रभावले देशभर नै बादल लागेको हो ।

तर यो प्रणाली एकदम कमजोर भएकाले तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन । वर्षासँगै उपत्यकामा प्रदुषण घट्ने आशा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here