काठमाडौँ । करिब नौ महिनादेखि अन्तरिक्षमा अड्किएका अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी विल्मोरको पृथ्वी फिर्ती अनिश्चित भएको छ। अझै ढिलाइ हुने भएको छ । प्राविधिक गडबडीका कारण नासा र स्पेसएक्सले आफ्नो मिसन स्थगित गरेपछि उनीहरु अझै अन्तरिक्षमा बस्नपर्ने भएको हाे। नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गर्ने भनिएकाे क्रू–१० मिसन फाल्कन ९ रकेटमा रहेको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीको समस्या आएपछि रद्द गरिएको नासाले जानकारी दिएको छ ।
नासाका अनुसार, प्रक्षेपणको अर्को सम्भावित मिति मार्च १५, बिहान ५:११ बजे (नेपाली समयअनुसार) हुन सक्छ।
अन्तरिक्ष यात्री निक हेग, सुनिता विलियम्स र बुच विल्मोरका साथै रूसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभको क्रू–९ मिसन मार्च १७, सोमबार बिहान ९ः०५ बजे इएसटी भन्दा पहिले अन्तरिक्ष स्टेशनबाट प्रस्थान गर्ने नासाले बताएको हाे। ६१ वर्षीय विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसम्म पुर्याएको थियो।
सुनिता र ब्यारीजुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । उनीहरु आठ दिन पछि फर्किने तालिका रहेको थियो ।
स्टारलाइनर अन्तरिक्ष यान आईएसएस नजिक पुग्दा, यसमा समस्या आयो र अन्तरिक्ष यानलाई मार्गदर्शन गर्ने यसका पाँच थ्रस्टरहरूले काम गर्न छोडे । त्यसमा भएको हेलियम पनि सकिएपछि अन्तरिक्ष यान जल्ने इन्धनमा निर्भर हुनुपर्यो र दुवै अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलाइ भएकाे हाे।
६१ वर्षीया विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्षयानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगिएको थियो । यो मानिसहरू सवार भएको आफ्नो किसिमको पहिलो उडान थियो ।
सुनिता विलियम्स नौ महिनाभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छिन् ।