भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएपछि..

काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी अनियन्त्रित भई सडकमै पल्टिएको छ।

बिहीबार साढे १ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका-७ सुवर्णस्वरबाट गुण्डु जाँदै गरेको बिएए ०८३४ नम्बरको स्कोरपियो गाडी ओभर तीव्र गतिका कारण सडकमै पल्टिएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी गाडीमा सवार ८ जना घाइते भएको भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए।

घाइतेहरूमा भक्तपुरको सुर्यविनायक नगरपालिका(५ बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी छन्।

उनीहरू सबैको मध्यपुर अस्पतालमा उपचार भइरहेको डिएसपी न्यौपानेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here