काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान अन्दाजी साढे ४ बजेतिर काठमाडौं ३२, तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
त्यसक्रममा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङ गम्भीर घाइते भएका थिए ।
एसपी बोहोराका अनुसार, उनीहरुलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर पठाइएको थियो । उपचारका क्रममा बिहान साढे ५ बजे सुकराम तामाङको मृत्यु भएको छ । अर्का घाइते रमेश तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरलाई प्रहरीले विमानस्थलको कार्गोभित्र फेला पारेको छ भने चालक फरार छन् ।