नागार्जुनमा भीषण आगलागी, दमकल समयमै नपुग्दा घर जलेर नष्ट

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम टाेलकाे एक घरमा शनिबार राति भीषण आगलागी भएकाे छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राति ९ बजे लागेको आगाेका कारण घरकाे सबै अन्न लगायत माल्सामन नष्ट भएको छ। आगो नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल झिकाइए पनि समयमै नआउदा घर नष्ट भएको हाे। दमकललाइ पहिलै फाेन गरेपनि आउन ढिला गर्दा घर जलेर खण्डहर बनेकाे स्थानीय एक प्रत्यक्षदर्शी बताउँछन् ।

यता दमकल चालक भने बाटाे साँघुराे भएका कारण ठूलाे दमकल प्रवेश गर्न नसकेपछि ढिला भएको बताउँछन् । ठुलाे दमकल नछिरेपछि ललितपुर महानगरका दुइटा दमकलले आगाे निभाउन प्रयाेग गरिएकाे छ । ठूलाे दमकल नछिर्दा पानी ट्यांकर पनि प्रयोग गरिएको छ ।

खाना पकाउने ग्यास पड्केर आगलागी भएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here