पोखरीमा डुबेर एक बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंकाे चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

चन्द्रागिरिकाे वडानम्बर ८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका-४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो ।

पोखरीमा डुबेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल उपर्‍याएका थिए । उनकाे उपचारकाे क्रममा मृत्यु भएको हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here