काठमाडौं । शुक्रबार नयाँ रेकर्ड बनाएकाे सुनको मूल्य आज घटेको छ । आइतबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार तोलाको दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा ५ रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कारोबार भइरहेको हाे।