दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार २१.६३ अंकले घटेको हाे। आज सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ ।

कुल १ करोड ३९ लाख ७४ हजार ४ सय ५२ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७ रुपैयाँ बराबर भएको छ । आइतबार व्यापार उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूह२.२५ प्रतिशतले घटेको छ । व्यापार उपसूचक भने ४.९२ प्रतिशतले बढेको छ ।

आइतबार सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यस संस्थाको मूल्य ८.१९ प्रतिशतले बढेर २ हजार ३ सय ९० रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here