इजरायलले गर्याे गाजा पट्टीमा भीषण आक्रमण,३२६ प्यालेस्टिनी मारिए

काठमाडौं। इजरायलले मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् ।

कम्तिमा पनि ३२६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्‍चार माध्यमहरूले उल्लेख गरेका छन् । मंगलबार इजरायलले दक्षिणी गाजामा खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल-बलाह जस्ता मध्य क्षेत्रहरूमा भीषण आक्रमण गरेको हाे।

अलजजिराले लेखेकाे छ ‘मारिनेमा अधिकांश बालबालिकाहरू रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।’प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीका अनुसार अरु थुप्रै पीडितहरू अझै भग्नावशेषमुनि छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here