काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभामा माफी मागेका छन्।
सभाकाे अघिल्लो बैठकमा नेपालमा पर्यटकको संख्या बढाउनका लागि यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्छ भन्ने अभिव्यक्ति दिऐसँगै चौतर्फी आलोचना भएको थियो ।
घिमिरेको अभिव्यक्तप्रति आलोचना भएपछि उनले बुधबार बैठकको सुरूमै माफी मागेका हुन्।























