काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकार समस्या समानधान गर्न तिर लागकाे बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको ‘टुुगेदर फर टुमरो: युुथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
‘समस्याहरू छन्, तिनको कारण खाेज्दै समाधान गर्नतर्फ सरकारले काम अगाडि बढाएको छ,’ प्रधानमन्त्री ओलीले भने । साे अवसरमा प्रम ओलिले थुप्रै मेडिकल कलेज तथा आधारभूत तहका अस्पताल बनिसकेका र केही बन्ने क्रममै रहेकाे भन्दै त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने दाकि गरे । उनले सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको जानकारी दिए।
अहिलेको समय उपलब्धिको समय रहेको भन्दै उनले भावनात्मक रुपमा मात्रै चल्न नहुने पनि बताए ।
प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना र कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले त्यसमा लाग्न आग्रह पनि गरे ।
कार्यक्रमा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब १ सय ४० युवाको सहभागीता थियो । उनीहरूले आफ्ना क्षेत्रको अवस्था र समस्या राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।