आज पनि ओरालो लाग्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ ।

आइतबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।