काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारदकुमार लुईंटेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लुइटेललाई सीईओमा नियुक्त गर्ने निर्र्णय गरेको हो
।
तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको पदावधि सकिएपछि गत माघ २५ देखि नेप्सेको सीईओ पद खाली थियो ।
उक्त पदका लागि १० जनाको आवेदन परेकोमा छनौट समितिले पहिलो चरणमा लुईंटेल सहित चुडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छानेको थियो ।
तीमध्ये तीन जनाको नाम सिफारिस गरिएकोमा मन्त्रिपरिषदले लुइटेललाई नियुक्त गरेको हो