प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता बढाइयाे

काठमाडौं । विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता बढाइएको छ। सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन हुनसक्ने भन्दै सतर्कता बढाइएकाे हाे।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

एकीकृत समाजवादीनिकट जनसंगठनले घिसिङलाई हटाएको विरोधमा प्रदर्शन गरेको छ। उनीहरूले मंगलबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरे।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङलाई हटाएकोमा विरोध गरेका छन्। त्यसाे त सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here