नेपाल भ्रमण वर्ष सफल पार्न दोधारा-चाँदनीमा पर्यटन महोत्सव

पप्पु गुरुङ्ग, दोधारा ४ कात्तिक । ‘नेपाल भ्रमण वर्ष सफल पार्न साकार, जैविक विविधताको संरक्षण प्रमुख आधार’ नारा सहित माहाकालीमा दोधारा चाँदनी पर्यटन महोत्सव २०७६ संचालन हुने भएको छ् ।

वन्यजन्तु संरक्षण तथा यस क्षेत्रको कला सांस्कृतिकलाई संरक्षण तथा सम्वर्धन गर्न माहाकालीमा दोधारा चाँदनी पर्यटन महोत्सव संचालन गर्न लागिएको आयोजक संस्था सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधारा र हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीले जनाएको छ् ।

सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्ष अमर बहादुर बस्नेतले आउदो ६ गते देखि ९ गते सम्म ४ दिन सम्म माहाकाली नगरपालिकाको वडा नं. ९ स्थित रहेको अम्बिका माध्यमिक बिद्यालयलको मैदानमा ‘दोधारा चाँदनी पर्यटन महोत्सव–२०७६’ संचालन हुने जनाएका छन् ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकार रबि ओड, अछामी बड्डो, चक्र बम, चेतन बोहरा, नवराज कलौनी, करिष्मा बिष्ट, राजप्रकाश नेपाली लगाएत कलाकारहरु रहेका छन् भने उक्त समयमा स्थानिय कलाकारहरुले पनि आफ्नो कला प्रदर्शन गर्ने आयोजक संस्थाहरुले जनाएका छन् । महोत्सव रुपेश बोहराले संचालन गर्ने भएका छन् ।

४ दिन सम्म संचालन हुने महोत्सवमा सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधारा र हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनी मुख्य आयोजक रहेका छन भने, सह–आयोजकमा माहाकाली नगरपालिका कायार्।लय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, डब्लुडब्लुएफ लगाएत संस्था रहेको बताईएको छ् ।

वन्यजन्तु संरक्षणको लागी सचेतना फैलाउनका तथा वन्यजन्तुको बासस्थानको विस्तार तथा वन्यजन्तु चोरी–शिकार नियन्त्रण लगाएत विषयमा जनचेतना समेत दिने उद्देश्य राखिएको छ् ।

अम्बिका माध्यमिक बिद्यालयमा संचालन हुने ४ दिने महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ् । वन्यजन्तु संरक्षण संगै यस क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा थप टेवा पुग्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधाराका अध्यक्ष अमर बस्नेले जानकारी दिएका छन् ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित बस्तुको बजारिकरणमा समेत सघाउ पुग्ने बिश्वास लिईएको छ् । महोत्सवलाई भव्य रुपमा सफल पार्न सबैलाई सहयोग गर्न आयोजक संस्था सगरमाथा मध्यवर्ती उपभोक्ता समिति दोधारा र हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीले अनुरोध गरेको छ् । माहाकाली नगरपालिकामा ‘दोधारा चाँदनी पर्यटन महोत्सव–२०७६’ ले भ्रमण वर्ष २०२० को सन्देश दिन लागिएको बताईएको छ् ।

नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने लक्ष्यका साथ सरकारद्वारा घोषित समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय अभियानको साँझेदार बन्न दोधारा चाँदनी पर्यटन महोत्सव–२०७६ आयोजना गरिएको आयोजकले जानकारी दिएको छ् ।

महोत्सवमा छलिया नाच, कृकिटी नाच, पैचरी नाच, भुवा नाच लगाएत नाचहरु प्रस्तुत गरिने महोत्सव आयोजक महोत्सवका कार्यक्रम संयोजक यसवन्त खड्काले जानकारी दिएका छन् ।

यस क्षेत्रको पर्यटनलाई टेवा पु¥याउन माहाकाली नगरपालिका क्षेत्रको वर्तमान समस्याको उजागर गरी दिगो विकास गर्न र यस क्षेत्रको पयर्टकीय क्षेत्रलाई सबैको सामु चिनाउन ‘दोधारा चाँदनी पर्यटन महोत्सव–२०७६’ आयोजना गरिएको महोत्सव कार्यक्रम संयोजक यसवन्त खड्काले बताएका छन् ।

महोत्सवमा बढी भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र दिगो विकासमा माहाकाली नगरपालिकालाई जोड्ने लक्ष्य रहेको मुल आयोजक समितिले जानकारी दिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here