सरकारकाे प्रगतिमा विपक्षी बाधक बनेको प्रम ओलीकाे आरोप

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारकाे प्रगतिमा बाधक बनेको आरोप लगाएका छन्।
मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विपक्षीहरु यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका हुन् ।

‘कसरी सरकार वा आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, यस्ता कुराहरूमा उहाँहरू सक्रिय देखिनुहुन्छ,’ उनले भने ।

साे अवसरमा प्रधानमन्त्री ओलीले विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए । उनले देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ध्यान रहेको जानकारी दिए।

२०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको उनले बताए । आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने छ’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here