काठमाडौं । मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा बन्द भएको हाे।
आज कारोबार रकममा भने वृद्धि भएको छ। सोमबार ४ अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब १८ करोडको कारोबार भएको छ।
यो रकम अघिल्लो दिनको तुलनामा ७० करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३२५ वटा धितोपत्रको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर किनबेच भएको हो। मंगलबार ४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० वटाको घटेको छ।