आरबीबी मोबाइल बैंकिङ महामेला: ५ जना पुरस्कृत,मेगा विनर सुवाल

काठमाडौं,४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबीबी मोबाइल बैंकिङ महामेला सम्पन्न भएको छ। बैंकले एक समारोहका बीच पाँच जना विजयीलाई पुरस्कार प्रदान गर्दै मेला सम्पन्न गरेको होे ।

बैङ्किङ महामेलाको मेगा विनर कैलाश सुवाल भएका छन् । गत भदौ १८ गतेदेखि असोज ३० गतेसम्म एफवान सफ्टको सहकार्यमा बैंकले सञ्चालन गरेको महामेलामा करिब ७३ हजार कारोबारबाट विजेता छनोट भएका थिए।

महामेलाका सुवालले थाइल्याण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा,हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गरे । विजयीहरूलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरेको थिए।

विजेताहरुलाई पुरस्कार वितरण गर्दै आरबीबीले युवा लक्षित कार्यक्रम अन्तरगत मोबाइल बैंकिङ्ग विग मेला कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु समेत अबका दिनहरुमा अझ सशक्त रुपमा अघि बढाइने जनाएको छ । हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाखभन्दा बढी मोबाइल बैंकिङका ग्राहक रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here