काठमाडौं । पोखरामा जारी वाडा अटो शो २०२५ मा सिजिका तीन प्रमुख ईभि अनावरण गरिएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्द्घाटन गरेको कार्यक्रम नेपालको विद्युतीय सवारी साधन बजारमा एक महत्वपूर्ण कोसेढुंगा सावित भएको बताइएकाे छ। सीजी मोटर्सले आफ्नो तीन प्रमुख इर्भी रिड्डारा फोडब्लुडी, सिजी केवाईसी नषँ भर्सन र एओन भीको आधिकारिक अनावरण गरेकाे हो ।
एओन र एक्सपेंग व्राण्डका लागि रे मोटर्स पोखराको आधिकारिक विक्रृता हो । टिटि ग्लोवल्सले सीजी केवाइसी, तथा सीजी केर्वासी इभी भ्यान तथा सीजी मोटर्स अन्तर्गत्का अन्य ब्रान्डहरु पोखरामा प्रतिनिधित्व गरिरहेका छन् ।
रिड्डारा नेपालको पहिलो १०० प्रतिशत विद्युतीय पिकअप भएको कम्पनिले जानकारी दिएको छ । यसको फोडब्लुडी संस्करणले ७३ किलोवाट ब्याट्रीसहित ४२४ किमीको रेन्ज, ९५ प्रतिशत ग्रेडएबिलिटी, र २२५ मिमी ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ। एलइडी टेललाइट, विशेष रिड्डारा फ्रन्ट ग्रिल, सात प्रिमियम बाह्य रंग र तीन आन्तरिक थिमहरूले यसको डिजाइनलाई शक्तिशाली र स्टाइलिस बनाउँछ।
यसमा विद्युतीय सनशेडसहितको प्यानोरामिक सनरूफ, अगाडि र पछाडिका भेन्टिलेटेड लेदर सिटहरू, र चारै पांग्रामा स्वतन्त्र सस्पेन्सन छन्। सुरक्षाका लागि ६ एयरब्याग, ५४० डिग्री सराउन्ड क्यामेरा, एडिएएस लेभल टु र १५ उन्नत ड्राइभिङ्ग फिचरहरू एसीसी, एइबी, बीएसडी, एफटीए, आरडब्लुसी, एलकेए० उपलब्ध छन्। ३० प्रतिशत -८० प्रतिशत चार्ज कम्तीमा ३० मिनेटमा हुने छ। र्यापीड चार्जिङ प्रणाली, र छ केडब्लु पावर आउटलेट सहितको ट्रक बेडले यसलाई अझ व्यावहारिक बनाएको छ। नेपालमा याे जीबी/टी चार्जिङ पोर्टसहित उपलब्ध छ।
सीजी केवाइसी इभी अहिले बेसिक र फुल भर्सनमा उपलब्ध छन् । जसले बहुउद्देश्यीय प्रयोग र आरामलाई नयाँ उचाइमा पुर्याएको छ। ५० किलोवाट मोटर, २७५ किमी रेन्ज, ३८।६४ किलोवाट ब्याट्री, र ११ सिट क्षमता सहित, यो व्यावसायिक प्रयोजनका लागि अत्यन्त उपयुक्त इभी भ्यान हो । फल भर्सनमा थप गरिएको विशेषताहरूमा एपीएस पावर विन्डोज, सेन्ट्रल लकिङ्ग, एमपीफाइभ सिस्टमसहितको रियर भ्यू क्यामेरा, डुअल एसी , डुअल एयरब्याग, एलुमिनियम फ्लोरिङ्ग, मजबुत शक अब्सोर्बर, र चार्जिङ गन समावेश छन्। यो मोडेलले आफ्नो पहिचानलाई नेपालकै सबैभन्दा बढी बिक्री हुने इभी भ्यान को रूपमा अझ बलियो बनाएको छ।सीजी केवाइसी पनी जीबीटी चार्जिङ पोर्टसहित उपलब्ध छ, जुनसीजी मोटर्स अन्तर्गत नेपालको सबैभन्दा उच्च स्तरको चार्जिङ कम्प्याटिबिलिटी हो।
त्यस्तै रेज मोटर्स मार्फत पोखरामा विक्री शुरु गरिएको आयोन भी ले प्रिमियम इभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गरेको छ। यो गाडी एलीट ९५२० किमी रेन्ज० र लक्जरी ९६५० किमी रेन्ज० भर्सनमा उपलब्ध छ। लक्जरी संस्करणमा ८(प्वाइन्ट मसाज सिटहरू,ड्राइभर र अगाडि यात्रुका लागि र इन(बिल्ट रेफ्रिजेरेटर जस्ता सेग्मेन्टमै पहिलो सुविधाहरू रहेका छन्।
यसमा एलिट भर्सनमा ६४।५ ब्याट्री र लक्जरी भर्सनमा ७५।२६ ब्याट्री रहेको छ। साथै, १७५ मिमी ग्राउन्ड क्लियरेन्सले यसलाई नेपाली सडकका लागि सशक्त बनाएको बताइएकाे छ।
सीजी मोटर्सले हालसम्म २६० भन्दा बढी चार्जिङ स्टेशनहरू नेपालभर सञ्चालनमा ल्याइसकेको छ, जसले सम्पूर्ण ग्राहकलाई सुविधा, पहुँच र भरपर्दो इभी यात्रा सुनिश्चित गर्छ। अझ रमाइलो कुरा, छ डब्लुएडीरहेको सिजी पेभिलियनमा विशेष अफरहरू, एक्सचेन्ज सुविधा, र शो-विशेष छुटहरू उपलब्ध छन्।