यसरी बन्दैछ अस्ट्रेलियासँग घरमै खेल्ने मैदान (फोटो फिचर)

काठमाडौं, ४ कात्तिक । निमार्णको अन्तिम चरणमा रहेको दशरथ रंगशालामा विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग नेपालले विश्वपक छनोट खेल्ने भएको छ ।

सन् २०२२ मा हुने विश्वकप फुटबलका छनोटको लागि लागि नेपाली राष्ट्रिय फुटबल टिमले अस्ट्रेलियासँग आफ्नो होम गेम भने दशरथ रंगशालामा नै खेल्न लागेको हो ।

यस अघि पहिलो खेल नेपालमै खेल्नुपर्ने भएपनि दशरथ रंगशाला पुनर्निर्माणको चरणमा रहेकाले नेपालले होम गेमको सट्टा पहिला कुवतेसँग अवे खेल खेलेको थियो । नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।

२०७२ सालमा गएको भूकम्पले नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला क्षतिग्रस्त भएको थियो । त्यसको पुनर्निर्माणमा भएको ढिलाइले नेपालको विश्वकप छनोट प्रभावित बन्दै आएको थियो ।

अबको १ महिनामा रंगशालाको सम्पुर्ण निमार्ण कार्य सम्पन्न भईसक्ने रंगशाला निमार्ण शाखाका अध्यक्ष अरुण उपाध्यायले बताएका छन् ।

रंगशालाको निमार्ण कार्य दु्त गतिमा अघि बढेको छ ।
फोटो फिचरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here