काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुर्व राजालाई जरिवाना तिराउने कुरा हास्यास्पद भनेका छन् । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आर्थिक जरिवाना गरेको विषयलाई उनले हास्यास्पद रहेकाे भन्दै सामाजिक संजालमा लेखेका हुन ।
काठमाडौं महानगरपालिकाले पूर्वराजा शाहलाई विभिन्न शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ।
‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो,’ अध्यक्ष थापाले भनेका छन् ।
‘मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु।
संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्विकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ।
पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ’ उनले लेखेका छन्।
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबाट त्रुटि भएको भन्दै यसबाट आफू अलमलमा परेको जनाएका छन् ।
o






















