काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्ने भएका छन्।
सभापति लामिछानेसहित सांसदहरूले मंगलबार बिहान १० बजे सांसद पद फुकुवाका लागि सभामुख घिमिरेलाई भेट्न लागेको हाे।
लामिछानेलाई गत पुस ८ गते उनको सांसद पदबाट निलम्बन गरिएको थियो। लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए।























