जाडो मौसममा यसरी गर्नुहोस् छालाको सुरक्षा

काठमाडौं । दशैंलाई बिदाइ गरेसँगै काठमाडौंको मौसम विस्तारै चिसिंदै आएको छ । अबको केही सातापछि मुलुकभर नै जाडोको सिजन शुरु हुन्छ ।

जाडो मौसममा हाम्रो शरीरको छाला सबैभन्दा धेरै प्रभावित हुने गर्छ । जाडोमा शरीरको छाला जोगाउनु र स्वस्थ राख्नु धेरैका लागि चुनौति हुने गरेको छ ।

यो मौसममा छाला सुख्खा हुनु सबैभन्दा ठूलो समस्या हो । हामी जाडो मौसमलाई त रोक्न सक्दैनौं तर, जाडो मौसममा हुने समस्याहरुलाई भने पक्कै पनि कम गर्न सक्छौं ।

कसरी गर्ने छालाको सुरक्षा ?

धेरै चिसो भो भन्दैमा धेरै तातो पानीले नुहाउनु हुँदैन् । यो मौसममा सकेसम्म मनतातो पानीले नुहाउनु उपयुक्त हुन्छ ।

तातो पानीले हाम्रो शरीरमा भएको प्राकृतिक चिल्लोपनलाई घटाउने काम गर्छ र छालामा सुख्खापन देखिन सुरु हुन्छ ।

यदी तपाईंको शरीर तथा अनुहारमा केही मात्रामा सुख्खापन देखिन थालेको छ भने सावुनको प्रयोग सकेसम्म कम गर्नुहोस् । सावुनले सुख्खा छालामा प्रतिकुल असर पार्ने गर्छ ।

यदी तपाईंको शरीरमा सुख्खापन देखिन थालेको छ भने राम्रो ब्राण्डको बडी लोसन वा बडी बटरको प्रयोग गर्नुपर्छ ।

हाम्रो फोक्सोले जस्तै छालाले पनि सास फेरिरहेको हुन्छ । यस्तो अवस्थामा सुख्खापनको कारण छालामा समस्या देखा परेमा छालाको स्वासप्रश्वासमा समस्या उत्पन्न हुन्छ ।

यस्तो अवस्थामा हाम्रो छालामा रहेको कोषको सुरक्षामा विशेष ध्यान दिनुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here