काठमाडौं । लगातार चार दिन रेकर्ड राखेकाे सुनकाे भाउ आज ओरालो लागेको छ।
गत शुक्रबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकोमा आज भने घटेको हो।मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।