नेपाल र थाइल्यान्डबीच पर्यटन सहयाेगबारे सम्झौता

काठमाडौं । नेपाल सरकार र थाइल्यान्ड सरकारबीच विभिन्न विषयमा सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार–व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ ।

प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्राबीच भेटवार्ता पश्चात दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here