जोनसन बेबी पाउडरमा भेटियो क्यान्सरको तत्व, ३३ हजार बोटल पाउडर फिर्ता

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय फर्मास्युटिकल्स तथा मेडिकल उपकरण निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनको पाउडरमा क्यान्सरको तत्व एसबेस्टस फेला परेको छ ।

अमेरिकी स्वास्थ्य नियामक फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले परिक्षणका लागि लिएको केहि नमुनामा क्यान्सरको कारक तत्व फेला परेको हो ।

बालबालिकाका लागि स्याम्पु, साबुन तथा पाउडर बनाउने कम्पनी उक्त तत्व फेला परेपछि स्वेच्छिक रूपमा ३३ हजार बेबी पाउडरको बोतल फिर्ता लिएको छ ।

अनलाइनबाट खरीद गरिएको सो लटको एउटा बोतलमा सुक्ष्म परिमाणमा अस्बेस्टस पाइएपछि कम्पनीले पूरै लट नै फिर्ता बोलाएको हो ।

यूएसएफडीएले गर्‍यो जाँच
अमेरिकाको औषधीको गुणस्तर नाप्ने संस्था यूएस्एफडीएले अनुसन्धानको लागि केही नमुना पाउडर लिएको थियो । अनुसन्धानको निष्कर्षमा उक्त पाउडरमा क्यान्सको कारक तत्व पाईएको कारण कम्पनीले आफ्नो उत्पादन विश्वभरबाट फिर्ता मागेको हो ।

कम्पनीको शेयर ६ प्रतिशतले घट्यो

अक्टोवर १८ तारिख अथार्त शुक्रवार यो खवर फैलिए संगै कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतको कमी आएको छ । न्यूज ऐजेन्सी राँयटर्सका अनुसार एक अनलाईन रिटेलर्सले एकवटा बोटल मात्रै किनेको थिाये । जोनसन एण्ड जोनसनका एक प्रवक्ताका अनुसार ३२२३१८आरबी लटको सबै बोटल फिर्ता मागिएको हो ।

विश्वभर विक्छन् कम्पनीको उत्पादन

जोनसन एण्ड जोनसनको उत्पादन नेपाल सहित प्राय सबै देशहरुमा बिक्ने गरेको छ । यो घटना भन्दा पहिले मे महिनामा जोनसन बेबी स्माम्फूको गुणस्तर मापन पनि खराब नै आएको थियो । यो खबर सार्वजनिक भएपछि शुक्रवारको कारोबारमा कम्पनीको शेयर मूल्य ६ दशमलव २ प्रतिशतले घटेर प्रतिकित्ता १२७ डलर ७० सेन्टमा आएको थियो । शेयरमा आएको यो कमी सन् २०१८ को डिसेम्बरयताकै उच्च हो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here