माहाकालीमा हात्तीको उपद्रो: सधैंको पीडा उस्तै,धानबाली नष्ट

पप्पु गुरुङ्ग, दोधारा,४ कात्तिक । बडवाल टोल ‘हात्तीपीडित क्षेत्र’ का रुपमा माहाकाली नगरपालिकाका वडा नं. ३ लाई मात्र चिनिन्थ्यो ।

तर, पछिल्लो समय आएर माहाकाली नगरपालिकाकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा भारतिय सिमा संग जोडिएका बस्तीहरुमा अधिकांश स्थानमा हात्तीको उपद्रो बढ्दो छ् ।
गएराती माहाकाली नगरपालिका वडा नं. ५ स्थित रहेको ईन्द्रा मध्यवर्ती सामुदायिक बन नजिक बस्तीमा हात्तीले रातीको समयमा स्थानियहरुलाई हैरान पारेको छ् ।

शुक्लाफाँटा रष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्ती भित्रिएको ३ वटा जंगली हात्तीले रातीको समयमा बस्तीमा पसेर आतंकित पारेको माहाकाली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारीले जानकारी दिए ।

‘मध्यरातमा जंगली हात्ती पसेपछि स्थानियहरुमा आतंकित बनाएको थियो’ माहाकाली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारीले बताए । ३ वटा अजंगको हात्ती बस्तीमा पसेर धान तथा उखु खेती खान थालेपछि स्थानियहरुलाई हात्ती बस्तीबाट धपाउन हम्मे हम्मे भएको बताएका छन् ।

हात्तीले स्थानिय राम बहादुर तिरुवाको खेतमा लगाएको र काटेको १० कट्टाको धान खेती खाएर तथा हिडेर नष्ट गरेको बताईएको छ् । साथै नजिकै रहेको मोहन सिंह मातरको उखु खेती पनि हात्तीले क्षती बनाएको स्थानियहरुले बताएका छन् ।

वर्ष दिनको खेती रातीको समयमा आएर एक क्षणमा नष्ट गरिएकोमा आफुहरुलाई निकै पिडा भएको स्थानिय राम बहादुर तिरुवाले बताएका छन् । ‘घरमा वाली सम्हाल्ने बेला हात्तीले नष्ट गर्दा निकै पिडा भएको छ्’ स्थानिय राम बहादुर तिरुवाले भने ।

करिब ३ घण्टा पछि धान खेत नष्ट गरि हात्ती बस्तीलाई छाडेको ईन्द्रा मध्यवर्ती सामुदायिक बनका अध्यक्ष करन सुनारले बताएका छन् । हात्ती बस्तीमा पसेपछि बस्तीमा आतंक मच्चीएको थियो । ईन्द्रा मध्यवर्ती सामुदायिक बन हुदै आएको हात्तीको बथानले फर्किर बन हुदै शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा गएको प्रत्यक्षदर्शीहरुले बताए ।

बिहान रातीको समयमा हात्तीले गरेका क्षतीको बारे जानकारी लिन माहाकाली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारी, ईन्द्रा मध्यवर्ती सामुदायिक बनका अध्यक्ष करन सुनार, बनकर्मी रामकृष्ण राना लगाएत स्थानियहरु स्थलगत निरिक्षण गरेका छन् ।

माहाकाली नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गम्भिर सिंह भण्डारीले हात्तीले क्षती गरेको किसानलाई वडा कार्यालयबाट आवश्यक सहयोग दिने बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएका भनिएका राम बहादुर तिरुवाको धानबाली हात्तीले नष्ट गरेको बिषयमा वडा कार्यालयले सघाउने तथा राहतको लागि सम्बन्धीत कार्यालयमा सिफारिस पत्र बनाउने बताईएको छ् ।

माहाकाली नगरपालिका क्षेत्रमा पुर्व–दक्षिण दिशामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने तथा पश्चिम–उत्तर दिशामा भारतिय जंगल पर्ने भएको हुदा हात्ती लगाएत जंगली जनावरको आतंक घटेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here