मुस्ताङ पुग्यो टोयोटा म्याक्स, १५ कीमी माइलेजसहितको एसयुभी

काठमाडौं, २९ फागुन । टोयोटा रश मुस्ताङ पुगेर राजधानी फर्किएको छ ।
टोयोटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले रशको शक्ति तथा क्षमता परीक्षण गर्नका लागि मुस्ताङको मुक्तिनाथसम्म पु¥याएको हो ।

‘रश टु मुस्ताङ’ नाम दिइएको सो प्रवद्र्धन क्याम्पेनमा सात ओटा विभिन्न रङका रश कारहरु र दुई टोयोटा हाइलक्स जीप सहभागी थिए । काठमाडौं–पोखरा–कुश्मा–बेनी–घाँसा–लेते–टुकुचे–जोमसोम–कागबेनी हुँदै मुक्तिनाथ पुगेर टोयोटा टोली ६ दिनमा काठमाडौं फर्केको छ ।

सो यात्राले रश हर प्रकारका सडकका लागि उपयुक्त एसयुभी भएको प्रमाणित गरेको सिण्डिकेटका सेल्स तथा मार्केटिङ प्रवन्धक विवेकबहादुर बलामीले जानकारी दिए ।
यात्राका क्रममा रश अफरोडमा पनि सहज तथा शक्तिशाली रुपमा गुडेको उनको भनाइ छ ।

हाल नेपालमा रशका मिड एमटी, हाइ एमटी, मिड एटी, हाइ एटी गरी चार मोडेल उपलब्ध छन् । यी सबै गाडी पेट्रोल इञ्जिनयुक्त हुन भने सबैमा १४९६ सीसीको डिस्प्लेसमेण्ट, २२० एमएम ग्राउण्ड क्लियरेन्स र ४५ लिटर क्षमताको इन्धन ट्यांकी रहेको छ । टोयोटा रश मिड एमटीको मूल्य ६६ लाख ९० हजार रुपैयाँ रहेको छ भने हाइ एमटीको ७१ लाख ४० हजार रुपैयाँ, मिड एटीको ६८ लाख ५० हजार रुपैयाँ र हाई एटीको ७५ लाख ५० हजार रुपैयाँ रहेको छ ।

सो कारमा छ ओटा एयर ब्याग रहेका छन् । यसमा अटो ब्रेक सिष्टर र इमरजेन्सी ब्रेक सिग्नल तथा इमरजेन्सी सिग्नल सिष्टम पनि रहेका छन् । भारतीय बजारमा डिजल र पेट्रोल दुवै इञ्जिनका रश उपलब्ध भए पनि नेपालमा भने पेट्रोल इञ्जिनमात्र ल्याइएको छ ।
बलामीका अनुसार रश पारिवारिक कार हो जुन हर मौसम र अवस्थामा उपयोगी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here