काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेकाे छ । आज चाँदि १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार बजारमा चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको थियो ।



























