काठमाडौं । पानी परेसँगै काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा १२ नम्बरमा झरेकाे छ।
वायु गुणस्तरमा केही सुधार आएसँगै दोस्रो नम्बरमा रहेको काठमाडौं आज बिहान १२ झरेकाे हाे। पानीले वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणवत्ता केही सुधार भएको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज, भोलि र पर्सि पनि पानी पर्ने पूर्वानुमान गरेकाे छ। आज बिहान सवा सात बजे काठमाडौंको वायु गुणस्तर सूचकांक ११९ छ । विगतको तुलनामा केही सुधार देखिए पनि यो सूचकांकले संवेदनशील काठमाडौंको हावा अझै पनि अस्वस्थ रहेको जनाउँछ ।
यसअघि चैत २१ गते काठमाडौंको हावाको गुणस्तर सूचकांक ३७३ सम्म पुगेको थियो ।
























