काठमाडौं । भक्तपुरमा बस पल्टिँदा चार जना घाइते भएका छन्।
आज बिहान ८ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुलनजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।
च्यामासिहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई सडकमा पल्टिएको हाे। दुर्घटनामा चार जना सामान्य घाइते भएको छन्।
काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक ८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक ९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवी बानियाँ घाइते भएका हुन्। उनीहरूकाे मध्यपुर अस्पतालमा उपचार गरिदै छ।