अमेरिकामा बिहिवार हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु भएको हाे।
बिहीबार दिउँसो तीन बजे दुर्घटना भएको उक्त हेलिकप्टरमा तीन बालबालिकासहित ६ जना सवार रहेकोमा सबैको मृत्यु भएको न्युयोर्क सिटीका मेयर एरिक एडम्सले बताएकाे अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जहाज असन्तुलित हुँदै नदीमा खसेको भिडिओ अमेरिकी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
तीन बालबालिकाको शव नदीबाट निकालिएको छ। हेलिकप्टर दिउँसो ३ बजे डाउनटाउन हेलिपोर्टबाट उडेको थियो।