ताेलाकाे १ लाख ८५ हजार रूपैयाँ पुग्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा सुनको भाउले पुनः नयाँ रेकर्ड राखेकाे छ।

बिहीबार सुनकाे भाउ एकैदिन ५ हजार ७ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

शुक्रबार सुन प्रतितोला १ लाख ८१ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुनको प्रतितोला मूल्य १ लाख ८५ हजार रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसैगरी, शुक्रबार चाँदीको भाउ पनि बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।