काठमाडौं । नवलपरासीकाे दाउन्नेमा बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ब्रेक फेल भएर बस पल्टिँदा दाउन्नेमा भने ११ जना घाइते भएका छन् ।
कोहलपुरबाट काठमाडौं हिँडेको बस आज बिहान पौने ४ बजे महेन्द्रराजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर नालामा पल्टिँदा १ महिला र ३ पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते ११ जनालाई उद्धार गरेर कावासोतीस्थित मध्यबिन्दु अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
