थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर आउँदै गरेका तीन पक्राउ

काठमाडौं । थाइल्यान्डबाट ३६ किलो गाँजा लिएर काठमाडौं आउँदै गरेका तीन जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले २६ किलो १० ग्राम गाँजासहित भारतीय नागरिक ३१ वर्षीय रामकुमार र ३८ वर्षीय पडिन्हेर चदिपुरयजेएललाई पक्राउ गरेको छ ।

त्यस्तै १० किलो गाँजासहित १ जना गरी तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरू थाई एअरको उडानमार्फत् बैंककबाट काठमाडौं आएका थिए ।

त्यसैगरी १० किलो गाँजासहित प्रहरीले भारतीय नागरिक २५ वर्षीय इर्फान अहमद कासलिपारम्बिल बशिरलाई पक्राउ गरेको छ ।

उनी बिहीबार थाई एअरको विमानमार्फत काठमाडौं आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here