भारतको बिहारमा वर्षा, आँधीहुरी र चट्याङका कारण ८० जनाको मृत्यु भएको छ। जसमध्ये नालन्दा जिल्लामा सबैभन्दा बढी २३ जनाको मृत्यु भएको छ। एक जनाको चट्याङ र बाँकीको भग्नावशेषमा पुरिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मृत्यु हुनेमा राज्यका अन्य जिल्लाहरू सिवान, कटिहार, दरभंगा, बेगुसराय, भागलपुर, जहानाबाद, मुजफ्फरपुर र पटनामा पनि ठूलो मानविय क्षति भएको छ।
यसैबीच मुख्यमन्त्री नितिश कुमारले मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। नालन्दाको नगमा गाउँमा मन्दिरमा आश्रय लिइरहेका मानिसमाथि पिपलको रूख ढल्दा धेरैको मृत्यु गएको थियो।
मौसम विभागले बिहारका १३ जिल्ला (दरभंगा, पूर्वी चम्पारण, गोपालगञ्ज, पश्चिमी चम्पारण, किशनगञ्ज, अररिया, सुपौल, गया, सितामढी, शिवहर, नालन्दा, नवादा र पटना) मा ‘ओरेन्ज अलर्ट’ जारी गरेको छ। विभागले आगामी दुई दिनसम्म सतर्क रहन आग्रह गरेको छ।