काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यु लगाउने तयारी भएको छ ।
शनिबार हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि कर्फ्यु लगाउने तयारी गरेकाे हाे।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको थियो ।